खुल्यो थ्रीस्टार हाईड्रोपावरको आईपीओ

0
5
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

काठमाडौं – थ्रीस्टार हाईड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको छ । जारी पुँजी रू. ४९ करोड २५ लाखको २५ प्रतिशत दरले हुन आउने १२ लाख ३१ हजार २५० कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ४ लाख ९२ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा, ३६ हजार ९३८ कित्ता सामूहिक लगानी कोषमा र १४ हजार ७७५ कित्ता आईपीओ कर्मचारीमा बाँडफाँट गरिसकेको छ । यी वाहेक बाँकी ६ लाख १३ हजार १६२ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा आएको हो ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्री अवधि असार ८ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा असार १९ गतेसम्म आवेदन दिने अवधि लम्बिनेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयसँगै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्युअर रेटिङ बी माइनस रेटिङ प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here