घट्यो सुनको मूल्य

0
5

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला एक हजार चार सय ३० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here