बढ्यो सुनको मूल्य

0
4

काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ रुपैयाँ रहेको महासंघले जनाएको छ । आइतबारको तुलनामा आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here