लोकप्रिय गायक रामचन्द्र चन्दको आवाजमा आयो मनै रुवाउने गीत ”झल्को सानुकै”, हेर्नुहोश भिडियोमा

0
334

काठमाडौँ – परदेशीको यथार्तता चित्रण गरिएको दशैँ गीत ”झल्को सानुकै” बोलको गीत नेपाली सांगीतिक बजारमा प्रकाशनमा आएको छ । उक्त गीतलाई शैली क्रिएशनले आफ्नै अफिशियल युट्युव च्यानल मार्फत प्रस्तुत गरेको हो ।
चर्चित संचारकर्मी तथा गीतकार कल्पना रेग्मीको सब्द रचना रहेको उक्त गीतलाई , ”चरी रुखमा साच्चै साथ् दिञ्छ्यौ र दुख सुखमा”, माया सार्है छ , बिस्वाश त लाछैन, सूर्यमुखी फूल रैछौ निरमाया जता घाम छ उतै ढल्किने , हाम्ले माया लाउने दुनियाले छाल पाउने, फर्केर आइदेउन निरमाया लगायत सयौ लोकप्रिय गीतहरु गाइसकेका लोकप्रिय गायक रामचन्द्र चन्द र गायिका बर्षा मगरले गाएका हुन। गीतमा भाका अनि संगीत संयोजन पनि गायक चन्दकै रहेको छ ।
बाध्यता अनि बिवासताले बिदेशिएका लाखौ परदेशीहरुको यथार्त घटनामा समाहित यस गीतले प्रकाशन भएको छोटो समयमै चौतर्फी प्रसंसा कमाउन थालिसकेको छ , साथै उत्कृष्ट सब्द लय अनि आवाजको धेरैलैले प्रसंसा गरिरहेका छन् त्यसमानेमा पनि यस गीतले बजारमा राम्रो छाप छोड्न सक्नेमा बिस्वस्त हुन सकिन्छ ।
मालिका रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडियोलाई पछिल्लो पुस्ताका ब्यस्त एबम चर्चित निर्देशक मदन खड्काले बसन्त महर्जनको छायांकनमा निर्देशन गरेका हुन् ।
कृष्ण पाण्डे को सम्पादन रहेको सोहि गीतको भिडियोमा गिरिश रिजाल समिपले रंग भरेका हुन् । भिडियोमा गीतकार कल्पना रेग्मी मोडेलको रुपमा इन्ट्री गरेकी छिन र उनलाई अभिनयमा साथ् दिएका छन् जिया पौडेल अनि संजय पोखरेल ले ।
नीमा मुभिजको पोस्ट प्रोडक्सनमा सोहि गीतको भिडियो तयार गरिएको थियो ,
यश गीत र गीत संग सम्बन्धित सम्पूर्ण कलाकार तथा प्राविधिकहरुलाई हाम्रो तर्फदेखी धेरै धेरै सफलताको शुभकामना ।।।
जय गीत जय संगीत
गीत हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,,,,,,,,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here