राजेश पायल राइको आवाजमा आयो नयाँ गीत केछ तिम्रो नाउँ, हेर्नुहोश भिडियोमा

0
182

बिन्दबाशिनी म्युजिक प्रालिको प्रस्तुतिमा रहेको ”के छ तिम्रो नाउ” बोलको गीत हालै मात्र बिन्दबाशिनी युजिक को अफिसियल युट्युब च्यानल मार्फत प्रकाशनमा आएको छ। , लोकप्रिय गायक राजेश पायल राइको आवाजमा सजिएको उक्त गीतलाई गीतकार दिलिप योञ्जन तामांग ले लेखेका हुन् भने चर्चित संगीतकार राजेश थापाले संगीत भरेका हुन् र गीतको संगीत संयोजन प्रदिप श्रेष्ठले गरेका हुन् ।
गीतकार तामांग को ”अनुराग” एल्बममा समाबेश यस गीतको भिडियो निर्देशन भने पछिल्लो पुस्ताका ब्यस्त तथा उदयमान निर्देशक एकान्त मगरले गरेका हुन् । एकान्त मगर निर्देशनमा मात्रै नभई सम्पादनमा पनि उत्तिकै सक्रिय रहेका छन् । दिन प्रतिदिन आफ्नो नाम चम्काउदै गैरहेका मगरलेनै यश गीतको सम्पादन गरेका हुन् ।
एलेन मगरको छायांकन अनि फ्लेक्जिवल डान्स स्टुडियोको कोरियोग्राफी रहेको सोहि गीतमा तेजस थापा , खुशीका मगराती , एकान्त मगर अनि दिपा पौडेलको साथमा आकाश मगर , जीवन थापा मगर , किरण आले मगर , हिमाल थापा मगर , रंजित झा , अशोक महर्जन , श्याम पहारी , उत्साह राई , लगायतले आफ्नो नृत्य प्रस्तुत गरेका छन् । गीतले प्रकाशनमा आएको छोटो समयमै चौतर्फी चर्चा र प्रसंसा पाइरहेको छ त्यसकारण पनि गीत चल्नेमा कुनै दुबिधा नरहेको बुझ्न सकिन्छ।
हाम्रो तर्फबाट पनि यश गीत अनि सम्बन्धित कलाकार र प्राविधिकहरुलाई धेरै धेरै सफलताको शुभकामना ।।।
जय गीत जय संगीत

कृपया यश गीत हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here