पत्रकार अमृत पौडेलको दोहोरी गीत ‘पार्‍यौ बन्धकी’ बजारमा (भिडियोसहित)

0
29

काठमाडौँ – पत्रकार अमृत पौडेलको लोक दोहोरी गीत ‘पार्यौ बन्धकी’ बजारमा आएको छ । स्वः शेर बहादुर गुरुङको सहकार्यमा पत्रकार पौडेलको ‘सलल बग्यो गण्डकी’ बोलको दोहोरी गीत [लिरिकल भिडियो] बजारमा आएको हो। गीतमा सदावहार लोक दोहोरी गायक राजु परियार, शेर बहादुर गुरुङ, लक्ष्मी न्यौपाने र अमृत पौडेलको स्वर रहेको छ । लोकप्रिय एरेन्जर बिनोद बाजुरालीले एरेन्ज गरेको यो गीतको शब्द/संगीत गीतकार श्रीराम पौडेल निर्दोशको रहेको छ । १५ वर्ष अगाडि नमस्ते पोखरा रेकर्डिङ स्टुडियोमा रेर्कड भएको यो गीत विन्ध्यवासिनी म्युजिक प्रा.लि. मार्फत डिजिटल प्लेटफर्ममा आएको हो । पौडेलले धेरै वर्ष अगाडि प्रस्तुत यो गीत आफ्नो सहयात्री स्वर्गिय गुरुङप्रति समर्पित गरेको बताएका छन् । पत्रकार पौडेल हाल नयाँ पुस्ता डटकममा प्रधान सम्पादकको रुपमा कार्यरत छन् l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here