नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट लिएर अधिवक्ता भण्डारी सर्वोच्चमा

0
4

काठमाडौं- वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट निवेदन लाने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले हिजो (बुधबार) नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानमाथि नै ‘कु’ गरेको उनको आरोप छ । साथै, अधिवक्ता भण्डारीले .सबै अधिवक्ताहरुलाई यसै रिटमा रिट निवेदक हुनसमेत आग्रह गरेका छन् । नागरिकता विधेयक प्रमाणीकरणसँगै देश फिजीकरण र सिक्किमीकरणको पथमा जान लागेको उनको आरोप छ । ‘नागरिकता विधेयक संविधान र कानुनको मर्म विपरीत छ । यसकाविरुद्धमा हामी आज सर्वोच्च अदालतमा रिट दर्ता गराउँदै छौं । नागरिकता विधेयकले देशलाई संकटपूर्ण अवस्थामा पुर्याएको छ,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग कुराकानी गर्दै अधिवक्ता भण्डारीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here