थप हवाई रुट नदिने भारतको जवाफ, मोदीसँगको भेटपछि प्रधानमन्त्री दाहाल निराश

0
5

काठमाडौं- भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागि भारतले हवाइ रुट नदिने भएको छ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको आजको भेटवार्तामा यो विषय उठाउँदा मोदीले कुनै चासो नदेखाएको स्रोतको दाबी छ । मोदीले बरु नेपालगञ्जबाट १५ हजार फिट मा उडेर आवातजावत गर्न दिनेगरि सहज वातावरण बनाउने जवाफ दिएका छन् । मोदीको जवाफले प्रधानमन्त्री दाहाल निराश बनेका छन् । अहिले नेपाल प्रवेश गर्ने एयर रुट बाराको सिमरा मात्र छ । एउटामात्रै रुट भएकोले सो रुटमा अत्यधिक चाप रहेको कुरा पहिल्यैदेखि नै चर्चा हुने गरेको छ । प्रधानमन्त्री दाहालको यस भ्रमणमा यो विषय नेपालले महत्वको साथ उठाउने पूर्व घोषणा नै गरेको थियो । नेपालले भैरहवा र महेन्द्रनगरबाट नेपाल प्रवेश गर्ने रुटमा भारतले सहजीकरण गर्ने विश्वास राखेको थियो । तर, प्रधानमन्त्री दाहालको आज मोदीसँग भएको भेटले यो विषय फेरि ओझेलमा परेको छ । नेपालको प्रस्तावमा मोदी नै सकारात्मक नबनेको बुझिएको छ । यस्तै, मोदीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा देखिएका समस्या समाधानको लागि इपिजीले तयार पारेको प्रतिवेदन पनि नबुझ्ने अडान लिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here