बिराटनगरमा आयो ५० लाखको लगानीमा पहिलो आधुनिक प्रविधी युक्त लुगा धुने मेसिन, महानगरका मेयर द्वारा उद्घाटन

0
601

विराटनगर- विराटनगरमा पहिलो पटक आधुनिक प्रविधी युक्त लुगा धुने मेसिन संचालनमा आएको छ । विराटनगर ७ स्थित मिलन चोकमा यो मेशिन संचालनमा आएको हो । करिब ५० लाखको लगानीमा म्याजिक वासर लण्ड्रि एण्ड क्लिनिङ्ग सर्भिसेज प्राली द्वारा उक्त मेशिन संचालनमा आएको हो ।
सोहि मेसिनको उद्घाटन विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले गरेका हुन् । उद्घाटन समारोहमा पराजुलीले ‘युवा बर्गले स्वदेशमा नै लगानी गरेर अगाडी बढेको प्रति हौसला प्रदान गरेका थिए । मेयर पराजुलीलले लुगा धुने मेसिनको स्वीच अन गरेर उद्घाटन गरेका हुन्।


यस्तै नविनतम आधुनिक प्रधिवीयुक्त मेसिनद्धारा धुलाई र गुणस्तरिय अनि वाताबरण मैत्री रसायन प्रयोग गरेर लुगा धुने ब्यबस्था गरिएको सोहि, म्याजिक वासर लण्ड्रि एण्ड क्लिनिङ्ग सर्भिसेज संचालक नोमस चापागाईले बताएका थिए।


कपडामा कुनै पनि दाग नलागोस भनेर फिल्टर गरिएको पानीले कपडा धुने व्यावस्था रहेको संचालक चापागाईले बताए । उनका अनुसार प्रविधीयुक्त मेसिनको प्रयोगद्धारा धुने, सुकाउने र आइरन समेत गरिने व्यावस्था समेत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here