जहाजमा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएपछि….

0
4

काठमाडौं – भारतीय वायुसेवा कम्पनी आकाशा एयरलाइन्समा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएर पिउन थालेपछि उनी प्रहरीको फन्दामा परेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार राजस्थानका स्थानीय प्रवीण कुमारलाई बैंग्लौर प्रहरीले नियन्त्रणमा लिएको हो । मंगलबार उनी अहमदाबादबाट बैंग्लौरका लागि उडेका थिए । जहाजमा बिंडी पिएर यात्रुको ज्यान जोखिममा पारेको अभियोग उनीमाथि लागेको छ । सोधपुछका क्रममा उनले रेलको जस्तै यात्रा सम्झिएर आफूले बिंडी पिएको प्रतिक्रिया दिएका छन् । आफूले पहिलो पटक हवाई यात्रा गरेको र प्लेनमा बिंडी पिउने नियमबारे जानकारी नभएको बताएका छन् । आफूले धेरैजसो समय रेलमा यात्रा गर्ने गरेको र त्यस क्रममा शौचालयमा बिंडी पिउने गरेको भन्दै प्लेनमा समेत त्यस्तै सम्झिएर बिंडी पिएको उनको भनाइ छ । (समाचार श्रोत – अनलाइन खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here