घट्यो सुनको मूल्य

0
5

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको हो। बुधबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ३ सयले घटेर प्रति तोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार २ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य स्थिर रहेको छ। बुधबार प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छापावाला चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here