कस्तो रहनेछ आजको मौसम ? हेर्नुहोस

0
4

काठमाडौं – हाल मुलुकमा पश्चिमी र स्थानीय वायुको सामान्य प्रभाव हरेको छ । जसका कारण आज देशका विभिन्न भू–भागमा पानी पर्ने सम्भावना रहेको छ । विशेषतः पहाडी भू–भागमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती, र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आज राति कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेनेछ । अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेशका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here