नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री खाँणको वयान जारी

0
8

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको वयान जारी रहेको छ । हिजो (सोमबार) स्वास्थ्य अवस्थाको कारण देखाउँदै वयान दिन नमानेका खाँणको अहिले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा वयान भइरहेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १४ जना पक्राउ परिसकेका छन् । अहिलेसम्म १२ जनाको वयान भइसकेको बताइएको छ । खाँणको वयान पनि आज सकिने सरकारी वकिल कार्यालयका एक अधिकारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here