के तपाइँ आखा वरिपरि डार्क सर्कल आएर हैरान हुनुहुन्छ ?हेर्नुहोस डार्क सर्कल हटाउने तरिका

0
7

१. गुलाब जल

कटनको कपडा डल्लो बनाइ त्यसलाई गुलबजलमा डुबाउनुहोस् र १० मिटेनसम्म आँखामा राख्नुहोस् ।

२. काँक्रो

काँक्रोमा छालालाई चमक दिने विशेषता हुन्छ । ताजा काँक्रोलाई गोलो पारी काटेर आधा घण्टासम्म फ्रिजमा राख्नुहोस् । त्यसपछि त्यसलाई आधा वरिपरि करिब १०-१५ मिनेटसम्म राख्नुहोस् र सफा पानीले पखाल्नुहोस् ।

३. टमाटर

टमाटरमा पनि छाला चम्किलो बनाउने तत्व हुन्छ । एक चम्चा टमाटरको रस र एक चम्चा कागतीको रस मिसाई त्यसलाई आँखाको वरिपरिको कालो धब्बामा लगाउनुहोस् । १० मिनेट पछि त्यसलाई स्वच्छ पानीले सफा गर्नुहोस् ।

४. आलु

आलुलाई ताछेर त्यसलाई गोलो मसिनो स्लाइसको रुपमा काट्नुहोस् । त्यसलाई बन्द आँखामाथि १५-२० मिनेटसम्म राख्नुहोस् । केही समय पछि सफा पानीले पखाल्नुहोस् । यसो गर्दा पनि डार्क सर्कल हट्छ ।

५. पुदिना

पुदिनाको पातलाई पिसेर लेदो बनाई आँखा वरिपरि लगाउनुहोस् । करिब १०, १५ मिनेटपछि सफा पानीले पखाल्नुहोस् । यसले आँखाको डार्क सर्कल हटाउन मद्दत गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here