सत्तापक्ष बाटै भयो स्वास्थ्य मत्रिको आलोचना डेंगु नियन्त्रणमा ध्यान नदिएको आरोप

0
31

काठमाडौँ – सत्ता र प्रतिपक्ष सांसदहरूले डेंगु महामारी नियन्त्रणमा बेवास्ता गरेको भन्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवको आलोचना गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनीहरूले डेंगु नियन्त्रणमा ध्यान दिनुको सट्टा विदेश घुम्न व्यस्त रहेर नागरिकको जीवनमा हेलचेक्र्याइँ नगर्न मन्त्री यादवलाई चेतावनी दिएका थिए ।
यस्तै प्रतिनिधिसभामा मन्त्री यादवले डेंगु महामारी सम्बन्धमा दिएको अभिव्यक्तिमा पनि सांसदहरूले चित्त बुझाएनन् । जानकारी गराउन संसद्‌मा पटक–पटक आवाज उठे पनि मन्त्री यादव नआएपछि गत साता सभामुख कृष्णबहादुर महराले रुलिङ गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसपछि जवाफ दिन उनी बुधबार प्रतिनिधिसभामा उपस्थित भएका हुन् । उनले डेंगुको अवस्थाबारे जानकारी दिएलगत्तै सांसदहरूले प्रतिप्रश्न गर्दै आलोचना समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here