पूर्व राजा ज्ञानेन्द्र शाहलाई जुम्लामामा अभिनन्दन गरिने

0
3

काठमाडौं- पूर्व राजा ज्ञानेन्द्र शाहलाई आज जुम्लाको खलङ्गामा नागरिक अभिनन्दन गरिने भएको छ । शाहलाई जुम्लामा यही १७ गते नागरिक अभिनन्दन गरिने भएको हो । यही १७ गते आइतबार जुम्लाको टुँडिखेलमा मूल समारोह समितिले आयोजना गरेको अभिनन्दन कार्यक्रममा पूर्वराजा शाह सहभागी हुने जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिएका छन् । साथै, जुम्ला खलङ्गा बजारमा रहेको चन्दननाथ र भैरवनाथको दर्सन पछि नागरिक अभिनन्दन कार्यक्रम हुने उनले बताए । उक्त कार्यक्रममा स्वतन्त्र नागरिकहरु उपस्थित हुन पाउनेछन् । ‘राजा कुनै दल, कुनै पार्टी, कुनै व्यक्तिको हुँदैनन्, राजा सबैको साझा हुन्छन् ।’ उनले भनेका छन् । साझा राजालाई सबैले सहयोग गर्न शाहीले अपिल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here