नक्कली सवारी चालक अनुमतिपत्र बोकेर भाडाको बस चलाउने चालक पक्राउ

0
9

काठमाडौं – नक्कली सवारी चालक अनुमतिपत्र बोकेर भाडाको बस चलाउने चालक पक्राउ परेका छन् । काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौंको मनमैजु बस्दै आएका २३ वर्षीय श्रीकृष्ण भुर्तेल र सिन्धुली घर भइ काठमाडौंको स्वयम्भु बस्ने २७ वर्षीय भीम बहादुर स्याङतानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । सवारी चालक अनुमतिपत्र विद्युतीय माध्यमबाट जाँच गर्दा कुनै पनि विवरण फेला नपरेकाले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि सवारी चालक अनुमतिपत्रसहित प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here