पूर्वाधार निमार्णका काम राति मात्र गर्न महानगरको निर्देशन

0
10

काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिक निकायको काम राति मात्र गर्न निर्देशन दिएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन राति ८ बजेपछि मात्रै काम गर्न गराउन निर्देशन दिएको हो । महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन छ । सार्वजनिक निकायले सडक, पेटी खुला क्षेत्र वा पार्कमा निर्माण कार्य गर्दा अनिवार्यरुपमा निर्णाधीण स्थल संकेत गर्नसमेत आग्रह गरेको छ । यदि निर्देशन पालना नभए ऐन बमोजिम जरिवाना गर्ने चेतावनीसमेत महानगरले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here