बैतडीमा जीप दुर्घटना, एकै ठाउँका ६ जनाको मृत्यु

0
7

काठमाडौं – बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नम्बरको जीप अनियन्त्रित भई पाटन नगरपालिका–८, झौलेक मोडमा मंगलबार राति दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृत्यु हुनेहरुमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४० वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४५ वर्षीय वीरे धामी रहेका छन् । प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार उनीहरू सबै एकै गाउँका हुन् । जीप सवार पाँचजना सकुशल छन् । जीप खस्ने क्रममा सडकमै हामफालेका पाँचैजना सकुशल रहेको प्रहरीले जनाएको छ । चालक सम्पर्कविहीन छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here