राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको ‘लोकदोहोरी एप्स’ सार्वजनिक

0
6

काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले ‘लोकदोहोरी एप्स’ सार्वजनिक गरेको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रीता थापामगरको सभापतित्वमा भएको कार्यक्रममा एप्स सार्वजनिक गरिएको हो । लोक तथा दोहोरी गीतका साथै प्रतिष्ठानमा हुने हरेक गतिविधिलाई उक्त एप्स मार्फत् हेर्न सकिने छ । बढ्दो प्रविधिको महत्वलाई ध्यानमा राखी एप्स सार्वजनिक गरिएको प्रतिष्ठानले जनाएको छ । अब मोबाइल मार्फत् त्यहाँको सबै जानकारी लिन सकिने भएको छ । एप्सलाई बिस्तारै थप परिष्कृत बनाउँदै लैजाने पनि प्रतिष्ठानले जनाएको छ । हिज भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्बर विरही गुरुङ प्रमुख अथिति रहनुभएको थियो । उहाँले प्रतिष्ठान स्थापना हुँदाको स्मरण गर्दै हाल आएर भएको प्रगतिको प्रशंसा गर्नुभएको थियो । कार्यक्रममा मानार्थ सदस्य, सल्लाहकारका साथै सातै प्रदेशका अध्यक्ष, उपत्यकाका समन्वय समितिका अध्यक्षको उपस्थिति रहेको थियो । विभिन्न सञ्चारमाध्यमबाट पत्रकारहरुको पनि उपस्थिति रहेको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको प्रतिष्ठानका प्रशासनिक सह–सचिव राजकुमार रायमाझीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here