सामसङ नेपालद्वारा नयाँ वर्ष २०८० को अफर सार्वजनिक

0
5

काठमाडौं – नेपालको सबैभन्दा लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले आउन लागेको नयाँ वर्ष २०८० को अवसरमा सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरू टिभीदेखि होम अपलायन्सहरूमा नयाँ वर्ष अफर घोषणा गरेको छ । यो अफर २०८० साल जेठ २ गतेसम्म लागु हुने छ । यो अफर सामसङको लेटेस्ट रेंजका टिभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनका लागि लागु हुनेछ । नयाँ वर्षको यो अफरमा सामसङले आफ्ना कन्जुमर ड्युरेवल्स वस्तुहरूमा ४१% सम्म क्यासब्याक दिएको छ । सामसङ टिभी विगत १७ वर्षदेखि विश्वव्यापी रूपमा नम्बर १ रहेको छ । कलर भोल्युम १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजी सहितको सामसङ फ्ल्यागशिप क्युएलइदि टिभीहरूमा आकर्षक क्यासब्याक प्रदान गरिएको छ । साथै, क्रिस्टल फोर के अल्ट्रा एचडी टिभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुटमा कन्जुमरले आफ्नो घर भित्राउन सक्छन् । सामसङ फ्रेम टिभीहरु, एक टेष्टफुल्ली डिजाइन गरिएको टिभी हो, जसले कन्जुमरहरूलाई बेजेल विकल्पहरूको रेन्जका साथ आफ्नै शैलीको रंगीन टेलिभिजन डिजाइन गर्न सक्ने अनुभुति परदान गर्छ । यसलाई छुट गरिएको मुल्यमा खरिद गर्न सकिन्छ । त्यसैगरी, सामसङको स्मार्ट टिभीले तपाईलाई भ्वाइस असिस्टेन्स, पीसी र म्युजिक सिस्टम जस्ता धेरै सुविधाहरू अनवाइन्ड गर्ने, सिक्ने र अन्वेषण गर्ने अवसर दिन्छ । एक वर्षको पूर्ण उत्पादन वारेन्टी टिभीमा प्रदान गरिएको छ । कम्पनीले प्यानलहरूमा थप एक वर्षको वारेन्टी प्रदान गर्दछ । यो नयाँ वर्षसँगै कन्जुमरले आफ्नो भान्छाघरमा पनि नयाँ परिवर्तन ल्याउन सक्छन् । साथै, सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजरेटरहरू अपग्रेड गर्न सक्नुहुन्छ जुन ७०० लिटर क्षमता सम्मको छ । यस्तै, ३१४ लिटर क्षमताको कर्ड माइस्ट्रो टीएम वा डिजिटल इन्भर्टर डबल डोर र सिंगल डोर रेफ्रिजरेटरहरू सबैका लागि उपलब्ध छन् । यसमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरिएको छ । ग्राहकहरुले एआई इकोबबल टीएम वाशिंग मशीन मा पर्सनलाइज्द लन्द्री एक्सपिरिएन्स प्राप्त गर्न सक्छन् जसमा सजेस्टिभ साइकलहरू उपलब्ध छन् र उनीहरुको ८ केजी, ९ केजी र १२ केजीको भेरियन्टमा २८ प्रतिशतसम्मको ग्यारेन्टी क्यासब्याक उपलब्ध छ। साथै, कन्जुमरहरुले फ्रन्ट लोड वासिंग मसीनमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्, जुन ८ केजी र ९ केजी क्षमता र हाइजीन स्टीम सुविदा सहित आउँछ । यो विश्वव्यापी रूपमा पहिलो पटक कुनै इलेक्ट्रोनिक ब्राण्डले आफ्नो उत्पादनमा २० वर्षको वारान्टी प्रदान गर्दै छ । सामसङले अब आफ्नो फ्रिजको डिआइटी कम्प्रेसर र वासिङ मेसिनको डिआईटी मोटरमा २० वर्षको वारेन्टी उपलब्ध गराएको छ । जर्मन एसोसिएसन फर इलेक्ट्रिकल, इलेक्ट्रोनिक र सूचना प्रविधि (भर्ब्यान्ड डचर इलेक्ट्रोकनिकर-भीडीई) ले पनि डिजिटल कम्प्रेसर (फ्रिज) लाई २१ वर्षको विश्वसनीयता प्रमाणपत्र प्रदान गरेको छ । यो प्रमाणीकरण आईएसओ १५५०२ सट्यान्डर्ड प्रयोग गरी संचालन गरिएको इन्टरनल टेष्टिङपछि दिइएको थियो । सामसङले आफ्ना कन्जुमरहरुको लागि चुनिएको वस्तुहरूमा फ्रि-इन्स्टलेसन पनि उपलब्ध गराउँछ। यो अफर हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत नेपालभर उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here