आफ्नो जन्मदिनको अवसर पारेर गीतकार ठकुरीले गरिन् बृद्ध आश्रमलाई सहयोग

0
140

काठमाडौं- जन्मदिन प्राय सबैको बिशेष हुने गर्छ , आफ्नो जन्मदिनको बिशेष अवसर पारेर प्राय मान्छेहरु रमाउन चाहान्छन्। रमाउने अनेकथरी बाहना हुन्छन् , कोहि साथि-भाइ भेला पारेर रमाउन चाहान्छन् त कोहि सेवा गरेर रमाउन चाहान्छन् अर्थात अरुको खुशीमा रमाउन चाहान्छन् अरुकै ओँठले मुस्कुराउन चाहान्छन्। यस्तै एउटा पुण्यको काम गरेकी छिन् गीतकार पुजा ठकुरीले , ठकुरीले चैत १५ गते बुधबार आफ्नो जन्मदिनको अवसर पारेर बृद्ध आश्रममा गएर लत्ता कपडा तथा फलफूल वितरण गरेकी हुन्। काठमाडौंको धुम्बाराहीमा रहेको धुम्बाराही लायन बृद्ध आश्रम नेपाल नामको आश्रममा पुगेर ठकुरीले लत्ता कपडा तथा फलफूल वितरण गरेकी हुन्। यस्तै ठकुरीले आश्रमको भबन निर्माणार्थ पनि नगद रु ५५५५ ( पाँच हजार पाँच सय पचपन्न रुपैया) सहयोग गरेकी हुन्। गीतकार ठकुरीलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here