पुष्पा पौडेलको रचनामा नरहरि प्रेमी र प्रज्ञा अधिकारीको ‘तिमीलाई हेरेर’ बोलको गीत सार्वजनिक

0
55

काठमाडौं- गायक तथा संगीतकार नरहरी प्रेमीले दर्शक तथा श्रोताका लागि प्रेमिल कोशेली प्रस्तुत गरेका छन् । उनले प्रज्ञा अधिकारीको साथमा ‘तिमीलाई हेरेर’ बोलको गीतको भिडियो सार्वजनिक गरेका हुन् । गीतको शब्द पुष्पा पौडेलले लेखेकी छिन् भने संगीत गायक स्वयमको रहेको छ । सञ्जय हमालले संगीत संयोजन गरेको गीतको मिक्सिङ र मास्टरिङ गोविन्द सोनीले गरेका छन् । राजकुमारको निर्देशन र सम्पादन रहेको भिडियोको छायाँकन उत्सव दाहालले गरेका छन् । राजकुमार दर्जीको कोरियोग्राफीमा गायक तथा गायिकाले नै अनस्क्रिन रोमान्स गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here