सुद्द मह चिन्ने उपाय

0
12

सामान्य मान्छेले मह शुद्ध हो की होइन पनि पत्ता लगाउनको लागि एक गिलास पानीमा एक चम्चा मह घोलेर हेर्दा त्यो मह एकदमै छिटो पानीमा घुल्छ भने त्यो महमा मिसावट छ । पानीसँग नुन घुले जसरी नै घुल्छ भने त्यो प्रशोधित हो । यदि मह शुद्ध हो भने केही मह माथी तैरिएर बस्छ ।

शुद्ध मह पत्ता लगाउन बुढी र चोर औँलामा मह लिएर फैलाउँदा त्यो रबर जस्तो तन्कियो शुद्ध हो । यदि टुक्रियो भने शुद्ध हैन । दुई वटा पाउरोटीको बिचमा मह राख्दा त्यो सजिलै टाँसियो भने त्यो शुद्ध मह हो ।

यो सिजनको मह उत्तम

अहिले पाइने मह भनेको सूर्यमुखी र तोरी फुल्ने सिजनको हो । यो सिजनमा पाइने मह नै राम्रो हो । उन्नत तरिकाका मौरीहरूलाई जुनसुकै सिजनमा पनि पाल्न सकिन्छ र त्यसबाट मह निकाल्न सकिन्छ ।

फूलबारीमा मौरी नपालेर आजभोलि फलफूल बढी बिक्री हुने ठाउँमा मौरी पालेर मह निकाल्ने गरेको पनि पाइएको छ । त्यस्तो मह भने स्वास्थ्यकर हुँदैन त्यो कुरामा पनि हामी सचेत हुनु पर्छ ।

अमृतसमान मह

महलाई प्रकृतिको अमृत मानिन्छ । यसमा सूक्ष्म पोषक तत्त्व र शरीरलाई न्यानो बनाउने गुण हुन्छ । महमा यान्टिबायोटिक गुण हुन्छ, प्रोटिन, ‘फिनोल’ नामको यान्टिबायोटिक हुन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

महमा भएको सबै घटकहरू प्रोटिन, सूक्ष्म पोषक तत्त्व, यान्टिबायोटिक र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन तत्त्वहरू एकदमै धेरै हुन्छ ।

मह कसरी खान सकिन्छ ? कति मात्रा ? कुन अवस्थामा ?

आजभोलि हटलेमन खाने चलन छ । यो एकदमै अस्वास्थ्यकर बानी हो । महलाई तातो पानीमा मिसाउँदा यसमा भएका गुणहरू नष्ट भएर जान्छ र कहिलेकाहीँ विषाक्त पनि हुन सक्छ ।

महलाई खाने सबैभन्दा उत्तम उपाय भनेको चाटेर खाने हो । मनतातो पानी अलग खाने र महलाई चाटेर खाने यसरी खाँदा मुखमा भएका सूक्ष्म ग्रन्थिहरू पनि सक्रिय हुन्छन् । मह यति नै मात्रामा खाने भनेर त छैन तर, ठुला व्यक्तिले दैनिक टेबल चम्चाको एक चम्चा र बालबालिकाले चिया चम्चाको एक चम्चा खानु उपयुक्त हुन्छ । पाउरोटी रोटीमा लगाएर खाँदा त धेरै पनि खाइन्छ । मह शुद्ध छ भने रुचि र शरीरको क्षमता अनुसार धेरै खाँदा यसले बेफाइदा गर्ने भने होइन ।

शरीर कमजोर भएको अवस्थामा, खाना अरुचि भएको बेला, आँखाको ज्योति बढाउन, चिसो लागेको बेला, मुटुलाई स्वास्थ्य राख्न, यौन क्षमता बढाउन , रुघा खोकी लागेको बेला र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मह खान सकिन्छ ।

यदि मह एकदमै शुद्ध छ भने यसको सेवनले मधुमेह नै निको पार्छ भनेर समेत आयुर्वेदिक किताबहरूमा लेखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here