नेपालको चौथो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित, को हुन् उनी ?

0
9

काठमाडौँ- राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । पौडेलले संघतर्फ २१४ र प्रदेशतर्फ ३५२ सांसदको मत पाएका छन् । यसैगरी नेम्वाङले प्रदेशतर्फ १६२ र संघतर्फ ९८ सांसदको मत पाए । यस्तै पाँच मत भने बदर भएको छ ।
यस्तो छ उहाँको इतिहास:

वैयक्तिक विवरण
नामः रामचन्द्र पौडेल (वरिष्ठ नेता, नेपाली कांग्रेस)
जन्मः २००१ असोज २९ गते, शनिबार
आमाः ऋषिमाया पौडेल
पिताः दुर्गाप्रसाद पौडेल
श्रीमतीः सविता पौडेल
छोराछोरीः चार छोरी (सर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन पौडेल)
जन्मस्थानः तनहुँ जिल्ला मिर्लुङ्, बाहुनपोखरा, हालको व्यास नगरपालिका–८
पारिवारिक स्थितिः मध्यमवर्गीय किसान परिवार
स्थायी बसोबासः व्यास नपा–८, बेलथुम्की, तनहुँ
हालको ठेगानाः कामनपा – १६ बोहोराटार, बालाजु

शिक्षाः
शास्त्री (संस्कृत साहित्य, २०२४)
स्नातकोत्तर (नेपाली साहित्य २०२७)
राजनीतिक संलग्नता
जयजु संस्कृतम्आन्दोलनमा आवद्ध र सक्रिय
नन्दीरात्रि माविबाट विद्यालय शिक्षा प्राप्त । नन्दीरात्रि मावि विद्यार्थी संघ अध्यक्ष । रानीपोखरी
मावि विद्यार्थी संघको संस्थापक अध्यक्ष । (२०१५ सालदेखि २०२४ को अवधिमा)
– नन्दीरात्रि मावि विद्यार्थी संघ र संस्कृत मावि रानीपोखरी विद्यार्थी संघको नेतृत्व गरी जुद्धोदय
हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग
गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व ।
– जननिर्वाचित संसद भङ्ग गरी २०१७ पुस १ गते सरकार प्रमुख प्रधानमन्त्री बीपी
कोइरालालगायत नेताहरूलाई जेलमा राखेको दुःखद् घटनाविरुद्ध १५ वर्षकै उमेरदेखि
प्रजातान्त्रिक आन्दोलनमा सरिक हुन पेरणा प्राप्त ।

हिमालयन छात्र संघ स्थापना (पोखरामा), २०१६
नेपाल संस्कृत विद्यार्थी संघको महासचिवको हैसियतमा विद्यार्थी युनियनको अभियानमा संलग्न
भई काठमाडौँ सम्मेलनमा सहभागी २०१७
गण्डकी छात्र संघको संस्थापक अध्यक्ष, २०२३
स्वतन्त्र विद्यार्थी युनियन सरस्वती कलेजमा सदस्य निर्वाचित, २०२३
प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव, २०२४
नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, २०२७ (संघको स्थापनामा मुख्य भूमिका निर्वाह)
नेपाली कांग्रेस तनहुँको सदस्य (२०३४) र जिल्ला उपसभापति (२०३६)
जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित नेपाली काँग्रेस
तनहुँ समितिको संयोजक र कार्यकारी सदस्य तनहुँ, २०३७
नेपाली कांग्रेस केन्दीय सदस्य तथा प्रचार विभाग प्रमुख, २०४०
नेपाली कांग्रेस केन्द्रीय केन्द्रीय सदस्य, २०४३
नेपाली कांग्रेस केन्द्रीय महामन्त्री, (२०६२ – २०६४)
नेपाली कांग्रेस केन्द्रीय उपसभापति, (२०६४ – २०७२)
नेपाली कांग्रेस संसदीय दलको नेता, (२०६४ –२०७०)
नेपाली कांग्रेस केन्द्रीय कार्यवहाक सभापति, २०७२
(नेपाली कांग्रेस केन्दीय सदस्य, २०४३ देखि निरन्तर केन्द्रीय सदस्य, उपसभापति हुँदै केन्द्रीय
कार्यवाहक सभापति (२०७२) भई केन्द्रीय नेतृत्वमा सक्रिय । कार्यवहाक सभापति भई पार्टीको
१३ औ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह ।)
नेपाली कांग्रेसको ‘वरिष्ठ नेता’ २०७२ देखि हालसम्म निरन्तर ।

जेल जीवन
– भरतपुर कब्जा गर्ने नेपाली कांग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा विसं. २०१८
मा काठमाडौबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासतको सजाय ।
– विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार र एक वर्ष हिरासतमा बन्दी, २०२१
– नेपाल प्रहरीका तत्कालीन डिआईजी निष्काशनको विरोधका क्रममा हिरासत, २०२३
– प्रजातान्त्रिक समाजवादी युवा संघको गतिविधिमा संलग्न भएको आरोपमा पोखरामा गिरफ्तार
गरी करिब १५ महिना हिरासतमा राखिएको, २०२४ (पोखरामा ९ महिना र काठमाडौमा ६
महिना)
– प्रजातान्त्रिक समाजवादी युवा संघको गतिविधिमा पश्चिमाञ्चल क्षेत्रमा सक्रिय रहेको आरोपमा
गिरफ्तार गरी पुनः एक वर्ष काठमाडौमा जेलमा राखिएको, २०२६
– नेपाल विद्यार्थी संघको स्थापनामा नेतृत्व गरी संघको उद्घाटन गरेको आरोपमा काठमाडाँैमा ३
महिना हिरासत, २०२७
– रमाइलो झोडा काण्डको विरोध गरी कीर्तिपुर विश्वविद्यालयमा कार्यक्रम गर्दा गिरफ्तार गरी
२०२८ बाट २०३२ सम्म निरन्तर ४ वर्ष जेल बन्दी जीवनमा राखिएको ।
– नेपाली कांग्रेसको पटना सम्मेलन (सन्१९७७) मा सक्रिय रहेको भनी २०३४ मा गिरफ्तार,
१० महिना हिरासत,। यसै सम्मलेलनद्वारा नेपाली कांग्रेसले पञ्चायतको अन्त्य र प्रजातन्त्र
पुनस्थापना लागि सत्याग्रह गर्ने निर्णय पारित गरेको थियो ।
– जनमतसङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थालाई जिताउन सक्रिय रहकै अवस्थामा २०३६
मा गिरफ्तार र ६ महिना हिरासत ।
– पञ्चायती व्यवस्था अन्तगर्त २०३८ सालमा भएका राष्ट्रिय पञ्चायत, जिल्ला पञ्चायत र
गाउँ,नगर पञ्चायतको निर्वाचन नेपाली काँग्रसेको निर्णयअनुसार वहिष्कार अभियानमा सक्रिय
रहँदा पक्राउ र ६ महिना हिरासत ।
– पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनस्थापनाका लागि नेपाली काँग्रेसले गरेको दोस्रो सत्याग्रह (
२०४२) सफल बनाउन सक्रिय रहेको आरोपमा गिरफ्तार, ९ महिना हिरासत, २०४२
– नेपाली कांग्रेसका विभिन्न विभाग तथा शाखाहरूबारे पत्रपत्रिकामा प्रकाशन गरी सार्वजनिक
गरेको आरोपमा छापाखाना तथा प्रकाशन ऐन उल्लङ्घन गरेको अभियोगमा ३ महिना
हिरासतमा, २०४५
– बहुदलीय व्यवस्थाको पुनस्थापनार्थ धवलागिरि अञ्चलका जिल्लामा पार्टी संगठन विस्तार
गरेको आरोपमा गिरफ्तार गरी बागलुङ्जेलमा ५ महिना हिरासत, २०४६
– शाही कदम (२०५९) पछि करिव एक वर्ष नजरबन्द र हिरासत, २०५९
– दोस्रो जनआन्दोलन २०६२÷२०६३ का दौरान पटकपटक गिरफ्तार र गृहबन्दीमा राखिएको
– यी लयागत छोटा समयका लागि पटकपटक गिरफ्तार र हिरासतमा राखिएको ।

योगदान र उपलब्धि
– प्रतिनिधि सभा सदस्य निर्वाचित, २०४८
– प्रतिनिधि सभा सदस्य निर्वाचित, २०५१
– प्रतिनिधि सभा सदस्य निर्वाचित, २०५६
– संविधानसभा सदस्य निर्वाचित, २०६४
– संविधानसभा सदस्य निर्वाचित, २०७०
– प्रतिनिधि सभा सदस्य निर्वाचित, २०७९
– पहिलोपटक स्थानीय विकास मन्त्री नियुक्त २०४८ जेठ १५ देखि २०५१
– कृषि मन्त्री नियुक्त २०४९ साउन देखि २०५१
– प्रतिनिधिसभाको सभामुख निर्वाचित २०५१ पुस २ गते देखि २०५६ सम्म
– उपप्रधान तथा सूचना–सञ्चार मन्त्री, स्थानीय विकास मन्त्री २०५६
– उपप्रधान तथा गृहमन्त्री २०५६– २०५८
– शान्ति समितिको संयोजक (२०६१–२०६२)
– शान्ति तथा पुनःनिर्माण मन्त्री २०६३–२०६४
– नेपाली कांग्रेस संसदीय दलको नेता तथा संसदमा प्रमुख प्रतिपक्षी दलको नेता २०६४–२०७०
पुरस्कार–सम्मान
मानवअधिकार सम्बन्धी विभिन्न पुरस्कार
महेन्द्र विक्रम शाह पुरस्कार (महेन्द्र विक्रम शाह नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक हुन्)
जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राईजिङ सन’ को सम्मान (
२०२० सन्)
प्रकाशित पुस्तकहरू
– नेपाली कांग्रेसको सङ्क्षिप्त इतिहास
– प्रजातान्त्रिक समाजवाद एक अध्ययन २०४७
– नेपाली कांग्रेस र नेपालको आधुनिकीकरण
– नेपाली कांग्रेस के भन्छ ?
– आस्थाको यात्रा (राजनीतिक विश्लेषण) २०५५
– नेपाली कांग्रेसअबको बाटो प्रजातान्त्रिक समाजवाद, २०७५
– कृषि क्रान्ति र समाजवाद
– राजनीतिको राजमार्ग, २०७९
– नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र
– नयाँ सन्दर्भमा समाजवाद
– अभिशप्त इतिहास (माघ १९ को काण्डपछि)
लगायत दर्जनौं पुस्तक र विभिन्न विषयमा नेपालका राष्ट्रिय दैनिक, साप्तिाहिक, मासिक, तथा
अनलाईनहरूमा समसाययिक लेखरचना प्रकाशित
– जेल जीवनमा केही कविता र निबन्ध रचना तथा प्रकाशन ।
भ्रमणः
नेपालका सबै जिल्ला, भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, संयुक्त अधिराज्य, स्पेन,
बेल्जियम, इटली, फ्रान्स, रोमानिया, नेदरल्याण्डस्, स्वीजरल्याण्ड, पोर्चुगल, टर्की, रसिया, इजिप्ट,
इजरायल, माल्दिभ्स, दक्षिण कोरिया, जापान, थाइल्याण्ड, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कालगायत

स्मरणीय क्षण
– २०२५ सालमा बीपी कोइराला सुन्दरी जेलबाट रिहा हुनुभएपछि विद्यार्थी नेता रामचन्द्र
पौडेललाई भेट्न सेन्ट्रल जेल जानुभई अविचलित नहुन आग्रह गर्दै प्रजातान्त्रिक आन्दोलनको
नेतृत्व गर्न प्रेरणा दिनुभएको । त्यहाँ बीपीसँग पौडेलको पहिलो भेट । त्यस बखरतमा बीपीले
पौडेलसँगै जेलमा रहनुभएका कम्युनिष्ट नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ र कमल
कोइरालालाई पनि भेट्नु भएको ।

विशेष पहिचान
– समाजवादी चिन्तक र प्रयोगकर्ता । स्वच्छ छवि, सादा जीवन, उच्च विचारका प्रयोगधर्मी ।
स्पष्ट वक्ता र प्रजातान्त्रिक समाजवादका व्याख्याता ।
– नेपाली कांग्रेसभित्र समन्वयकारी, मध्यमार्गी नेताकारुपमा परिचित । तत्कालीन सभापति
विश्वेश्वरप्रसाद कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टी संस्थापक कृष्णप्रसाद
भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा
मनमुटाव मिलाउन सँधै मध्यमार्गी र समन्वयकारी भूमिका निर्वाह ।
– द्वन्द्वरत माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा
अग्रणी भूमिका निर्वाह । १२ बुँदै सहमति र विस्तृत शान्ति सम्झौताका मस्यौदाकार । सहमति
र सहकार्यका पक्षपाती ।
– राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म करिव १५ वर्ष जेलमा बन्दी जीवन । (
‘रामचन्द्रका १४ वर्ष वनबास’) भनेर नेपाली राजनीतिमा चर्चित भनाइ स्थापित छ ।
अन्य
– ‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुरक्षा’ भन्दै नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत
समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने
रणनीतिका सुत्राधार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here