टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु

0
5

काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शंखरापुर नगरपालिका घर भएका पत्रकार पवनलाल श्रेष्ठ र हरि खड्का छन्। श्रेष्ठ नेपाल प्रेस युनियन साँखुका अध्यक्ष एवम् साँखुबाट प्रकाशित हुने लावण्य सन्देश साप्ताहिक पत्रिकाका सम्पादक हुन्। बुधबार बेलुकी साँखुबाट जोरपाटीतर्फ आइरहेको बा ५ ख २२१४ नम्बरको टिपरले विपरीत दिशामा रहेको बा ९४ प ४४९८ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा पुनम श्रेष्ठ घाइते छिन्। उन ग्रान्डी अस्पतालमा उपचार भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here