राष्ट्रपति निर्वाचनको तयारी पूरा

0
7

काठमाडौं- राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले भोलि(बिहीबार) हुने राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। भोलि संघीय संसद् भवन नयाँ बानेश्वरमा हुने मतदान, मतगणनालगायतका विषयमा तयारी पूरा भएको हो। मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने र मतदान पश्चात मतगणना गरी भोलि नै निर्वाचनको परिणाम घोषणा हुने निर्वाचन आयोगले जनाएको छ। राष्ट्रपति निर्वाचनमा संघीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० मतदाता रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here