लोकप्रिय गायक रामचन्द्र चन्द संगको सहकार्यमा खिमानन्द खरेलले सार्वजनिक गरे ‘मेची महाकाली’

0
48

काठमाडौँ- लोकप्रिय गायक रामचन्द्र चन्दको आवाजमा ‘मेची महाकाली’ बोलको गीत सार्वजनिक भएको छ। खिमानन्द खरेलको लय तथा शब्द सृजनामा रहेको उक्त गीतलाई रामचन्द्र चन्द संगै लोकप्रिय गायिका सान्तिश्री परियारले गएकी हुन्। उत्कृष्ट शब्द सृजना गर्न सिपालु सर्जक खरेलले यस गीतमा पनि आफ्नो कौशलता राम्रै संग देखाएका छन्। गीतमा बिनोद बाजुरालीको संगीत संयोजन रहेको छ भने गीतको भिडियोमा लोकप्रिय मोडेल विजय पुन र रुबिना अधिकारीको अभिनय , राम केसी को छायांकन , अमृत चापागाईंको सम्पादन, नितिन वाइवाको साहायक निर्देशन तथा निरेन श्रेष्ठको निर्देशन रहेको छ। गीतलाई रिभान्स म्युजिकको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here