आज यी ४ प्रदेशमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने

0
70
Cold Rain Window Wet Snow

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले सोमबार साँझदेखि देशको सुदूरपश्चिम हुँदै पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने जनाएको छ। यसका कारण लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा वर्षा तथा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहान र दिउँसो मौसम सामान्यतया सफा रहे पनि साँझबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा शुरु हुनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हिमपात हुनेछ । पश्चिमी न्युनचापिय प्रणाली विस्तारै पूर्वतर्फ सर्ने भए पनि बागमती, मधेश र प्रदेश १ मा पानी पर्ने सम्भवना कम रहेको विभागले जनाएको छ। सोमबार बिहान काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ४ दशमलब ३ डिग्री सेल्सियस मापन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here