हेर्नुहोस, आज कतिमा कारोबार भैरहेको छ नेपाली बजारमा सुनचाँदी

0
6

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार रुपैयाँ कायम भएको छ। शुक्रबार प्रति तोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य स्थिर रहेर शुक्रबार कै मूल्यमा कारोबार भईरहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here