विमान दुर्घटनाका मृतकका परिवारलाई भेट्न प्रधानमन्त्री टिचिङमा

0
10

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महाराजगञ्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको विमान दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् । विहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएका छन् । शव पहिचानका लागि आवश्यक पर्ने स्रोत साधन पूरा गर्न सरकार तयार रहेको उनले आश्वस्त पारे ।प्रधानमन्त्री दाहालले पहिचानका लागि राखिएका शवको निरीक्षण पनि गरे । माघ १ गते पोखरामा भएको यती एयरको एटीआर विमान दुर्घटनामा ७२ जनाको मृत्यु भएको थियो । २२ वटा शवको पोखरामा पोष्टमार्टम गरिएको थियो । ४८ वटा शव टिचिङमा पोष्टमार्टम गरिएको छ । शव पहिचान गर्न नसकेपछि डीएनए परीक्षण गरी आफन्तलाई बुझाउने तयारी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here