काठमाडौं–बेइजिङ सिधा उडान पुनः सुरु

0
7

काठमाडौं- झन्डै तीन वर्षदेखि रोकिएको काठमाडौँ–बेइजिङ सिधा उडान पुनः सुरु भएको छ । सन् २०२० को मार्चपछि बन्द रहेको उक्त गन्तव्यमा मङ्गलबारदेखि हिमालय एयरलाइन्सले पुनः उडान सुरु गरेको हो । चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म काठमाडौँ –बेइजिङमा उडानको अनुमति दिएको थिएन । अब हिमालय एयरलाइन्सले विश्वकै प्रख्यात बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको एक दिन उडान गर्ने जनाएको छ । माघ २८ गतेदेखि हरेक शनिबार काठमाडौँ–बेइजिङ उडान गर्ने तयारी रहेको एयरलाइन्सले जनाएको छ । चिनियाँ नयाँ वर्षको उत्सव र बिदाको समय चलिरहेकाले काठमाडौँ–बेइजिङ उडानले नेपालको पर्यटन र व्यापारको क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। चिनियाँ नयाँ वर्षको बिदाको सिजन नजिकिँदै गर्दा, चीन र नेपालको राजधानीबीच सिधा उडान पुनः सुचारु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here