आकाशियो सुनको भाउ

0
11

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य दिनप्रतिदिन बढ्दै गएको छ। हिजो तोलाको १ हजार एक सय रुपैयाँले बढेको सुनको भाउ आज (सोमबार) पनि तोलामा २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन तोलाको एक लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज तेजावी सुनको मूल्य तोलाको एक लाख चार हजार सात सय रुपैयाँ निर्धारण भएको छ। यता चाँदीको मूल्य पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँ कायम छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको छ। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here