पूर्वडीआईजी र पूर्वमेजर सहित इन्द्रजात्रा हेर्न बसन्तुपर क्षेत्र पुगेका केहि व्यक्तिहरु प्रहरी द्वारा पक्राउ

0
25

काठमाडौँ – पूर्वडीआईजी विजयराज भट्ट लाइ प्रहरीले पक्राउ गरेको छ उनीसंगै पूर्वमेजर केशव बस्नेत र इन्द्रजात्रा हेर्न बसन्तुपर क्षेत्र पुगेका केही व्यक्तिलाई समेत प्रहरीले पक्राउ गरेको छ।
‘नारायणहरि गजुरेल र म भुगोल पार्कमा कुरा गरिरहेका थियाैं, प्रहरीहरु आएर माथिको आदेश छ भनेर उठायो’, पूर्वडीआईजीले भने, ‘हामीलाई पुलिस क्लबमा राखेको छ ।’
प्रहरीले सडकमा हिँड्दै गरेका र पार्कमा बसिरहेकाहरुलाई समेत पक्राउ गरेको भट्टको गुनासो छ ।
यता महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले भने उच्छ्रृंखल गतिविधिमा संग्लन भएको भनेर केहीलाई पक्राउ गरिएको बताएका छन् ।
इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न बसन्तपुर जाने कार्यक्रम छ । तर, गुठी विधेयकको विषयलाई लिएर विरोध प्रदर्शन हुने सक्ने आशंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यही क्रममा धरपकड भएको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here