किवेले ल्यायो २२३ सिसीको टिभिएस रोनिन जस्तै बाइक, कति पर्छ मूल्य ?

0
8

काठमाडौँ- किवेले भारतमा रेट्रो स्टायलको नयाँ वाइक सार्वजनिक गरेको छ। नयाँ दिल्लीमा जारी अटो एक्सपो २०२३ मा उसले एसआर २५० लाई सार्वजनिक गरेको हो। मोटरसाइकलको मूल्य १ लाख ४९ हजार भारु निर्धारण गरिएको छ । यो नयाँ वाइकले टिभिएस रोनिनसंग प्रतिस्पर्धा गर्ने देखिएको छ। यो नयाँ मोटरसाइकलको डिजाइन एवं लुक्स कावासाकी डव्लू १७५ को जस्तै देखिएको छ । वाइकमा गोलाकार हेडल्याम्प, टियरड्रप आकारको फ्यूल ट्यांक र फ्ल्याट सिट दिइएको छ । वायर स्पोक ह्विल र क्रोम अपस्वेप्ट एक्जस्ट दिइएको यो मोटरसाइकल परम्परागत डिजाइनको देखिन्छ । वाइकमा २२३ सिसीको सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १५.८ विएचपी र टर्क १६ एनएम रहेको छ । वाइकको अगाडी टेलिस्कोपिक फर्क सस्पेन्सन र पछाडी डुअल शक एव्जर्वर दिइएको छ । यसको दुवै चक्कामा डुअल च्यानल एविएस सहितको डिस्क व्रेक जडान भएको छ । किवे नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको व्राण्ड हो । यो व्राण्डको मोटरसाइकललाई वेनेली बिक्रेता केटिएम इन्टरनेश्नल ट्रेडिङले आयत गरी कारोवार गरिरहेको कारण निकट भविष्यमा कम्पनीले एसआर२५० लाई समेत नेपाल ल्याउन सक्ने आँकलन गर्न सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here