कांग्रेसको नजर राष्ट्रपति र सभामुखतर्फ, सत्तापक्षसँग भित्रभित्रै संवाद

0
10

काठमाडौं- संसदको ठूलो दल बनेर पनि सत्ता नेतृत्व गुमाएको नेपाली कांग्रेसले राज्यको दुई मुख्य पद राष्ट्रपति र सभामुखतर्फ नजर लगाएको छ। गत २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति र सभामुखमा सत्ताभित्र र बाहिर रहेका दलसँग संवाद नीति लिएको छ। कांग्रेसले गत बिहीबार बसेको पदाधिकारी बैठकमार्फत सभामुख चयन विषयमा बाहिर र सत्ताधारी दलसँग संवाद अघि बढाउने निर्णय गरेको थियो। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले सो निर्णय गरेको कांग्रेस प्रवक्ता डा। प्रकाश शरण महतले जानकारी दिए। आजको राजधानी दैनिकमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here