नब्बे हजार क्विन्टल धान खरिद गरिँदै

0
7

काठमाडौं- सहकारी संस्थाले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा ९० हजार क्विन्टल धान खरिद गर्न आशयपत्र पेस गरेका छन् । कृषि तथा पशुुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्ष सहकारीलाई तीन लाख क्विन्टल धान खरिद गर्न प्रस्ताव आह्वान गरेको थियो । मन्त्रालयका प्रवक्ता प्रकाशकुुमार सञ्जेलले सहकारीलाई प्रतिक्विन्टल ११२ रुपैयाँ अनुुदान उपलब्ध गराएर किसानको तीन लाख क्विन्टल धान खरिद गर्न मङ्सिर महिनामा आह्वान गरेकामा ९० हजार क्विन्टलको आशयपत्र आएको जानकारी दिए । न्यूूनतम समर्थन मूूल्यमा किसानलाई राहत पुुग्ने गरी अनुुदान रकम उपलब्ध गराएर सहकारीलाई धान खरिद गर्न आह्वान गरे पनि खरिद प्रक्रिया भने ढिलाइ भएको उनले जानकारी दिए । “धान खरिद गर्न सहकारीले व्यवस्थापन खर्चबापत उपलब्ध गराएको रकम कम भएको भनेर यो प्रस्तावमा आकर्षित भएका छैनन्, अनुुदान रकमसम्बन्धी कार्यविधि परिमार्जन गर्न सङ्घ र प्रदेशको चुुनावको आचारसंहिताले ढिलाइ भयो,” उनले भने । यस विषयमा के गर्न सकिन्छ भनेर थप छलफल गरिने उनले जानकारी दिए । सहकारी संस्थाले धान खरिद नगर्दा किसानको धान व्यवसायीले सस्तो मूूल्यमा खरिद गरिसकेको किसानको भनाइ छ । मन्त्रालयले न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्ने सहकारीलाई प्रतिक्विन्टल ११२ रुपैयाँका दरले व्यवस्थापन खर्च उपलब्ध गराउन यो वर्ष ३३ करोड रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले धान खरिद गर्न र व्यवस्थापन गर्न सहकारीलाई आह्वान गरे पनि खरिद प्रक्रिया अगाडि बढ्न नसक्दा यो वर्ष पनि लक्ष्यअनुुसार खरिद नहुने देखिएको छ । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here