टेलिकमको ‘विन्टर अफर’ आजदेखि लागु

0
16

काठमाडौँ- नेपाल टेलिकमले आजदेखि लागू हुने गरी विन्टर अफर २०७९ उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुचिअनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको हो। विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ । यसमा कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई रु एक सय ९९ देखि रु छ सय ९९ सम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याकहरु उपलब्ध छन्। ‘यस अफरअन्तर्गत जम्मा रु छ सय ९९ मा २८ दिनका लागि कूल २८ जिबी डाटा (दैनिक एक जिबी), दैनिक एक सय मिनेट कुराकानी गर्ने र दैनिक सयवटा सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको छ’ टेलिकमद्वारा आज जारी विज्ञप्तीमा भनिएको। यी बाहेक पहिलेदेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ। त्यसैगरी, कम्पनीको वेबसाइट www.ntc.np मार्फत विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ। कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको विन्टर अफर थप आकर्षक हुने विश्वास कम्पनीको रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here