फेसन शोमा सहभागी हुन भारतीय अभिनेत्री मलाइका अरोरा काठमाडौंमा

0
57

काठमाडौं- भारतीय अभिनेत्री मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छिन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा भाग लिनका लागि मलाइका काठमाडौं आएकी हुन् । संघले चौथो जेम एण्ड ज्वेलरी एक्सपोले बिहीबार ज्वेलरी फेसन शो आयोजना गरेको छ । यसमा मलाईकाले शो स्टपरको रुपमा र्‍याम्प वक गर्दैछिन् । सञ्चारकमीहरुसँग कुराकानी गर्दै उनले आफूले नेपाली गहना र पहिरन लगाएर र्‍याम्प वक गर्न लागेकोमा निकै उत्साहित भएको बताएकी छिन् । आफू छोटो अवधिका लागि नेपाल आए पनि भरपुर रूपमा समयको सदुपयोग गर्ने उनले बताएकी छन् । मुम्बईबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी मलाइका लगत्तै होटल याक एण्ड यति पुगेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here