कांग्रेस संसदीय दल बैठकमा सांसदलाई ‘कक्षा’

0
4

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा निर्वाचित आफ्ना सांसदलाई प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र के के गर्ने भन्नेबारे प्रशिक्षण दिएको छ । कांग्रेसले शनिबार सिंहदरबारस्थित संसदीय दल कार्यालयमा आफ्नातर्फबाट निर्वाचित सांसदलाई डाकेरै प्रतिनिधिसभा बैठकमा कसरी सहभागी हुने र केके गर्ने भन्ने विषयमा प्रशिक्षण दिएको हो । कांग्रेसबाट प्रतिनिधिसभामा ८९ सांसद निर्वाचित भएका छन् । प्रतिनिधिसभा पहिलो बैठक भोलि सोमबार बस्दै छ । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले संसदीय दल बैठकले प्रतिनिधिसभा पहिलो बैठकमा सहभागी हुन आफ्नो तयारी गर्न सांसदहरूलाई निर्देशन दिएको बताए । संसद्मा नेपाली कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिका र तयारीबारे पनि सांसदहरूलाई जानकारी गराइएको छ । बैठकले पार्टी सांसदलाई प्रतिनिधिसभा पहिलो बैठकमा उपस्थित हुन तयारीका लागि निर्देशन दिएको छ । पहिलो बैठकमा केके हुन्छन् र सांसदले के गर्ने भन्नेबारे पनि जानकारी गराएको कांग्रेस प्रमुख सचेतक लेखकले जानकारी दिए ।
आगामी २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने हुँदा सांसदहरू सो बैठकमा समेत कसरी सहभागी हुने र केके गर्ने भन्ने विषयमा प्रशिक्षण दिइएको प्रमुख सचेतक लेखकले जानकारी दिए । कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई ‘विश्वासको मत दिने कि नदिने भन्नेबारे भने सोही दिन दल बैठक बसेर निर्णय लिने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here