पाँचथरमा भिषण आगलागी, दुई जनाको मृत्यु, दुई घाइते

0
20

काठमाडौं- पाँचथरको फिदिम नगरपालिका ८ घुमाउनेटारमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । आगलागीमा परि दुईजा घाइते भएका छन् । स्थानीय मेघबहादुर गुरुङको घरमा भएको आगलागीमा मेघबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षकी बुहारी आशासिंह थेबे (गुरुङ) को मृत्यु भएको छ। आगलागीबाट ५५ वर्षीय मेघबहादुर र उनका २५ वर्षीय छोरा विजेन्द्र गुरुङ घाइते भएका छन् ।घटनामा ५० लाख रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको अनुमान गरिएको छ l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here