आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री नायडुको कार्यक्रममा भागदौड, ८ जनाको मृत्यु

0
6

आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा राज्यका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक अभियानका क्रममा भागदौड मच्चिँदा आठ जनाको ज्यान गएको छ । हाल राज्य विधानसभामा विपक्षी नेता नायडु कन्दुकुर शहरको एक सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । बुधबार साँझमा नायडुको गाडि उक्त क्षेत्रबाट गुडिरहेका बेला भीड सुरु भएको थियो । जम्मा भएको ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको थियो । स्थानीय अधिकारीहरूले धेरै जना खुला नालीमा खसेको र आठ जनाको मृत्यु भएको बताएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना लगत्तै बैठक रद्द भएको थियो । नायडुले आफ्ना प्रियजन गुमाएका परिवारलाई १० लाख भारु क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उनले पार्टीका नेताहरुलाई घाइतेहरूको राम्रो उपचारको व्यवस्था गर्न समेत आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here