कास्कीको रुपा-५ फेदीमा सवा २ करोडको कृषि आयोजना सम्पन्न

0
3

पोखरा- कास्कीको रुपा गाउँपालिका ५, फेदीमा सवा २ करोड रुपैयाका विभिन्न कृषि आयोजना सम्पन्न भएका छन् । आइतबार सार्बजनिक सुनुवाई गर्दै गाउँविकास कृषि सहकारी संस्थाले कृषिका विभिन्न आयोजनाहरु सम्पन्न भएको जनाएको हो । सहकारीले नेपाल सरकार पशुपन्छी विकास मन्त्रालय अन्तर्गत विश्व बैंकको ऋण र नेपाल सरकारको संयुक्त लगानीमा संचालित नेपाल लाइभस्टक सेक्टर आयोजनाको दूध उत्पादन तथा पशुपालन उप आयोजना अन्तर्गत रु दुई करोड एघार लाख एकतिस हजार एक सय एघार (२,११,३१,१११) को कुल लागतमा कृषि आयोजना सम्पन्न गरेको हो । सहकारी मार्फत किसानले कम्तिमा ५ वटा माउ पशु देखि २० वटा सम्म, १९ सुधारिएका गोठ निर्माण, ७ वटा आहारा भण्डार, ४ वटा बायो ग्यास प्लान्ट, १२ वटा कम्पोष्ट पिट लगायतका भौतिक संरचना निर्माण भएका छन् भने १२ जना व्यवसायीक किसानलाई ९५ वटा उन्नत जातका गाई-भैसी खरिद गरिएको छ। यसैगरी, सहकारीले अन्य किसानबाट उत्पादन भएको दूध संकलनका लागि संकलन केन्द्र पनि सहकारी भवनमै निर्माण गरी दूध संकलनका लागि १००० लिटरको चिलिङ भ्याट, दूध परीक्षण उपकरण संचालनमा ल्याएको छ । हाल, सहकारी मार्फत सरकारले तोकेको (प्रति लिटर) दरमा पोखरा स्थित सुजल डेरीसंग सम्झौता मार्फत गत २ महिनादेखि दुध बिक्री पनि सुरु गरिसकेको सहकारीले जनाएको छ । गत बर्ष असोज ८ मा सम्झौता भएको उप–आयोजनाबाट हालसम्म रु २५ लाख ७३ हजार भुक्तानी भएको छ । रु १ करोड मध्ये थप रकम अन्तिम भुक्तानीका लागि सहकारीले पौष १० गते सरोकारवाला, उप–आयोजनाका प्रतिनिधि, जन प्रतिनिधि र स्थानीयको उपस्थितिमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो । प्रमुख अतिथिको रुपमा आयोजनाका मुल्यांकन तथा अनुगमन शाखा प्रमुख डा. प्रकाश अधिकारी तथा रुपा–५ का वडाध्यक्ष राजन खनाल विशेष अतिथिको रुपमा सहभागी थिए । कार्यक्रममा वडा सदस्य मिना कमर, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो। गाउँविकास कृषि सहकारी संस्थाका उपाध्यक्ष बिन्दु बसौलाको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा उप-आयोजनाका संयोजक रामबाबु पौडेलले सम्पन्न कार्य र लागत विवरण प्रस्तुत गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here