अझै भेटिएन कारबाट लुटिएको दूतावासको पैसा

0
10

काठमाडौं- अमेरिकास्थित नेपाली राजदूतावासले करिब एक हजार नेपाली नागरिकबाट पासपोर्ट नवीकरण र गैरआवासीय नेपाली प्रमाणपत्र निर्माण गर्ने प्रयोजनले उठाएको झण्डै तीन करोड नेपाली रूपैयाँ बराबरको डलर लुटिएको एक सातासम्म पनि न लुटेरा पत्ता लागेको छ न त लुटिएको झोला नै फेला परेको छ । राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार यही मंसिर २९ गतेदेखि पुस ५ गतेसम्म टेक्सास राज्यको डायलस, अस्टिन र हृयुस्टनमा उठाइएको सो रकम पुस ७ गते पार्किङमा राखिएको कारको सिसा फुटाएर लुटेराले लगेका थिए । अमेरिका बसोबास गर्ने नेपालीहरूलाई घरदैलो सेवा गर्न घुम्ती टोली लिएर वासिंगटन डीसीबाट टोली टेक्सास राज्य पुगेको थियो । ‘राजदूतावासका कर्मचारीको लापरबाहीका कारण दुई लाख डलरभन्दा बढी रकम लुटिएको छ, यो लज्जाको विषय हो ।’ क्यालिफोर्निया निवासी मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले घटनाको विवरण दिँदै बताए । नेपाल समाचारपत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here