प्रधानमन्त्री दाहालका घरबेटीले अलपत्र पारे मेलम्चीको पाइपलाइन

0
9

काठमाडौं- सत्ता र शक्तिको आडमा अनुमानित लागतभन्दा कममा ठेक्का लिएको सैलुङ–सिआइपिइएल जेभीले मेलम्चीको पाइपलाइन र ओभरहेड ट्यांकी निर्माणको काम अलपत्र पारेको छ। शैलुङले भारतीय कम्पनी सिआइपिइएलसँगको जेभीमा एक अर्ब ४१ करोड रूपैयाँको लागतमा मेलम्ची आयोजनाको एक सय ६० किलोमिटर पाइपलाइन र ओभरहेड ट्याङ्की निर्माण गर्ने ठेक्का पाएको थियो। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालय (पिडिआई)ले दोस्रो पटक थप गरिएको म्याद पनि गत सन् २०२२ को अगष्टमा सकिसकेको छ। यो योजनाको भौतिक प्रगति भने २० प्रतिशत मात्रै छ। निर्देशनालयले फेरि निर्माण कम्पनीलाई २०८० साल असार मसान्तसम्मको म्याद थप गर्ने निर्णय गरेको छ। सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारी हुन्। उनकै घरमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन्। दाहालकी बुहारी बिना थापा मगर तत्कालीन खानेपानी मन्त्री हुँदा अधिकारीले सो योजनाको ठेक्का अनुमानित लागतभन्दा झण्डै ६० करोड कममा ठेक्का हात पारेका थिए। निर्देशनालयले यो योजनाका लागि दुई अर्ब ५ करोड रूपैयाँ लागत एष्टिमेट तयार पारेको थियो। जेभीले भने झण्डै ६० करोडभन्दा कम लागतमा ठेक्का हात पारेको थियो। निर्देशनालयका अनुसार पाँचवटा ठेकेदार कम्पनी बोलपत्रमा सहभागी थिए। सैलुङ ÷सिआइपिइएल जेभीले सार्वजनिक खरिद ऐन बमोजिम सबैभन्दा कम रकम कबोल गरेकाले ठेक्का पाएको थियो। निर्देशनालय र ठेकेदार कम्पनीबीच सन् २०१९ को मार्चमा ३० महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता अनुसार अहिले पाइप लाइन र ट्याङ्की निर्माण सम्पन्न भइसक्नुपर्ने थियो तर ठेकेदार कम्पनीको ढिलासुस्तीको कारणले आयोजनाको समष्टिगत भौतिक प्रगति २० प्रतिशतमा मात्रै सीमित छ। निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटाले सैलुङ÷सिआइपिइएल जेभीले मेलम्चीको पाइपलाइन विस्तार ओभरहेड ट्यांकी निर्माणमा ढिलासुस्ती गर्दै आइरहेको बताए। ‘अहिलेसम्मको निर्माण कम्पनीको कार्य प्रगति उत्साहजनक देखिदैन,’ उनले भने ‘निर्माण कम्पनीले आगामी दिनमा काममा तदारुकता देखाउने प्रतिवद्धता गरेकाले आगामी असार मसान्तसम्मको लागि म्याद थप गर्ने निर्णय गरेका छौं। तेस्रो पटक थप गरिएको समयसीमाभित्र पनि पाइपलाइन र ओभरहेड ट्यांकी निर्माण नगरेको खण्डमा ठेक्का रद्द गर्नेछौं ।’ ठेक्का सम्झौता अनुसार निर्माण कम्पनी १६० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्ने छ। ‘अहिलेसम्म ओभरहेड ट्यांकीको तेस्रो लिफ्टको ढलान हुँदैछ। नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here