लामखुट्टे धपाउन बालिएको धुप सल्केर आगलागी गोठ सहित दर्जनौ बस्तुभाउ जले

0
94

वीरगञ्ज – पर्सामा लामखुट्टे धपाउन बालिएको धुप गोठमा सल्केर आगलागी भएको छ । आगोले त्यहाँ बाँधिएका ८ वटा वस्तुभाउ जलेका छन् ।
जिल्लाको पोखरीया नगरपालिका–१०, शिवबर्वाका रामपृत राउत कुर्मीको खरले छाएको फुसको गोठमा आगलागी हुँदा २ वटा भैंसीको पाडी, १ भैंसी, ३ वटा खसी तथा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । अन्य आधा दर्जन वस्तुभाउ आगोमा जलेर घाइते भए पनि मानवीय क्षति भने नभएको बताइएको छ ।
आगलागीबाट करिब तीन लाख ५० हजार क्षति भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here