बालुवाटार छाड्न लागेका देउवाको घरमा नहुने भयो बास

0
2

काठमाडौं- निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्ने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सपथग्रहण अघि नै देउवा सरकारी निवास छाड्ने तयारीमा छन् । नयाँ प्रधानमन्त्रीको सपथ अपराह्न ४ बजे तोकिएकाले त्यो भन्दा पहिले नै देउवा बालुवाटार छाड्ने तयारीमा लागेका हुन् । देउवाले आजै बालुवाटार छाड्ने तयारी अनुसार उनको बुढानिलकण्ठस्थित निजी निवास सरसफाइ र मर्मतको काम भइरहेको छ । पछिल्लो समय बुढानिलकण्ठ निवासको मर्मत र कोठा थप गर्ने काम भइरहेको छ । उक्त घरमा तत्काल बस्न मिल्ने अवस्था नरहेकाले देउवा कहाँ सर्छन भन्नेबारे जिज्ञासा कायमै छ। देउवा घर मर्मत नसकिएसम्म बूढानिकण्ठ क्षेत्रकै कुनै होटलमा बस्ने वा त्यही सरसफाई गरेर सर्ने भन्नेबारे यकिन हुन सकेको छैन । देउवा २०७८ श्रावण १ बालुवाटार सरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here