संस्कृत भाषामा शपथ खाने पहिलो सांसद

0
6

काठमाडौं- नेपालको संसदीय इतिहासमा पहिलोपटक विश्वकै पुरानो भाषा संस्कृतमा शपथ लिइएको छ । बज्जिका मातृभाषा बोल्ने स्वतन्त्र सांसद किरणकुमार साहले बिहीबार गेरुवा वस्त्रमा संस्कृत भाषामा शपथ लिएसँगै यसको चर्चा सुरु भएको छ । रौतहट क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित ४६ वर्षीय साह संस्कृत भाषामा शपथ खाने नेपालकोे पहिलो सांसद बनेका छन् । ‘राष्ट्रिय एकता र अखण्डता बचाउन नेपालमा बोलिने प्रायजसो भाषाको जननीका रूपमा रहेको संस्कृत भाषामा शपथ लिएको’ उनी बताउँछन् । भारतीय पूर्वविदेशमन्त्री सुष्मा स्वराज र उमा भारतीले सन् २०१४ मै संस्कृतमा शपथ लिएका थिए । भारतले संस्कृत भाषा जगेर्नाका लागि बजेट खर्च गर्न थालेको छ । नेपालमा पनि पछिल्लो समय संस्कृत भाषाको प्रवद्र्धन आवाज उठिरहेको बेला साहले संस्कृतमा शपथ लिएका छन् । ५औं शताब्दी ईसा पूर्वदेखि संस्कृत विद्वानले हल गर्न नसकेको व्याकरणीय समस्याको क्याम्ब्रिज विश्वविद्यालयका एक भारतीय पीएचडी विद्यार्थीले समाधान गरेको चर्चा विश्वव्यापी बनेको समयमा साहले नेपालको संसदमा पनि संस्कृत भाषाको विषयलाई उजागर गरिदिएका छन् । भारती ऋणी राजपोपलटले भाषाविज्ञानका पिता पाणिनीले सिकाएको नियमको डिकोडिङ गरेर सफलता हासिल गरेका हुन् । अब पाणिनीको व्याकरण कम्प्युटरमा सिकाउन सकिन्छ । क्याम्ब्रिज युनिर्भसिटीका १ अर्बभन्दा बढी जनसंख्या भएको भारतमा करिब २५ हजारले मात्र संस्कृत बोल्छन् । नेपालमा पनि संस्कृत भाषामा पाठ÷पूजा यज्ञ मात्र हुने गरेको छ । जबकि, संस्कृत भाषा हिन्दी, बांग्ला, मराठी, सिन्धी, पञ्जाबीलगायतका भाषाको समेत जननी मानिन्छ । संस्कृतमा वैदिक धर्मसँग सम्बन्धित लगभग सबै धर्मगन्थ लेखिएको छ । राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here