धनुषामा सवारी दुर्घटना, मोटरसाइकलमा सवार दुईजनाको मृत्यु

0
4

धनुषा- सबैला नगरपालिकामा विंगर गाडीसँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। धनुषाको शहीदनगर नगरपालिका–५ धवौलीका २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डलको मृत्यु भएको हो। ज्ञानीको घटनास्थलमै र अरुणको प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। बुधबार बेलुकी धनुषाको सबैला नगरपालिका १० सिमरारी सडक खण्डमा ना.१ ज.८४४० नम्बरको विंगर र ज. ११ प ५४७३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here