जग खन्दा तोपका गोला भेटियो

0
7

पाल्पा- जिल्ला सदरमुकाम तानसेनमा दुई÷तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने तोपका गोला’ फेला परेका छन् । तानसेन नगरपालिकाको वडा नंं ४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भीमसेन थापाको पालादेखि राणाकालसम्म प्रयोग हुने हतियार तोपका गोला भेटिएको हो । नेपाली सेनाले पाहुनाघर (गेस्ट हाउस) बनाउन घडेरी खन्ने क्रममा गोलाखानामा पुरानो हतियार तोपगोला भेटिएको हो । पाल्पामा नेपाली सेनाको पल्टन स्थापना भएदेखि नै गोलाखाना (तोपका गोला बनाउने स्थान) सञ्चालनमा रहेको थियो । उक्त गोलाखाना प्रजातन्त्र स्थापना भएपछि बन्द भएको बताइएको छ । आजको गोरखापत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here